निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

नेपालभ्युज

निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

काठमाडौं। धनकुटामा निर्वाचनमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ। साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी पवित्रा याखा लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको हो।

सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले बताए।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए। उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन्। उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved