मलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती छैनः उर्जामन्त्री भुसाल

नेपालभ्युज

मलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती छैनः उर्जामन्त्री भुसाल
nlntk'/, @) sflQsM 3/b}nf] sfo{qmd pmhf{, hn;|f]t tyf l;FrfOdGqL Pj+ nlntk'/ If]q g+ # sf pDd]bjf/ kDkmf e';fnnufot jfd nf]stflGqs u7aGwgsf pDd]bjf/ cfOtaf/ nlntk'/sf] ;'gfsf]7Ljf;L;Fu cfkm"nfO{ dtbfg ug{ cfu|x ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी छन् । प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले बुधवार  आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी हुन् ।

उनले आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका कामहरु हेरेर जनताले मत दिने बताईन् । जनताले कुनैपनि काम नगरेकाहरुलाई मत नदिने उनले बताईन् । मन्त्री भुसालले राजनीति परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरुलाई जनताले मत नदिने उल्लेख गरिन् ।

उनले भनिन्, ‘मेरो दुई कार्यकाल हेरेर उहाँहरुले दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्नसक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरुको कुनै सकारात्मक भुमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन । अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन ।’

‘मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरुको क्षेत्र हो । कति सचेत हो भने ०४५÷०४६ को आन्दोलन हुँदैहुँदा पाटनवासी तिनै जनता हुन् जसले पाटनलाई पञ्चायतमुक्त जिल्ला घोषणा गरिसकेका थिए । ०६२÷०६३ को आन्दोलन थियो । राजनीतिक दलहरुले गणतन्त्रको निर्णय नगर्दै ललितपुरका जनताले हाम्रो जिल्ला अब राजतन्त्रमुक्त गणतन्त्रको जिल्ला भनेर घोषणा गर्ने जिल्ला हो । उहाँहरुले राजनीतिक परिवर्तनमा खेलेको व्यक्तिको भुमिका पनि हेर्नुहुन्छ । अनि उहाँहरुको मतले सरकार बन्ने र सरकार बन्दाखेरी मात्रै बल्ल आफ्ना एजेण्डाहरु त्यो सरकारको कार्ययोजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझ्नुभएको छ । त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ । तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन’, उनले भनिन् ।
उनले देशमा दलीय राजनीति बलियो भएको बताईन्। सबै राजनीतिक दलहरुको पार्टी संरचना स्थानीय तहसम्म पुगेको भन्दै उनले जनताले पार्टी हेरेर भोट दिने बताईन् । मन्त्री भुसालले जनताले चुनाव जित्ने र सरकार बनाउने पार्टी हेरेर मत दिने बताईन् ।

उनले भनिन्, ‘कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ । भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ । तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन । दलीय राजनीति हाम्रो यति बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन् ।’

उनले युवाहरु राजनीतिमा आउँदा विचार, चिन्तन र समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्ने बताईन् । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोशले मात्रै राजनीतिले गति लिने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved