बागीलाई मत मागेको भन्दै माओवादीले हटायो लुम्बिनी प्रदेशका उपाध्यक्ष खत्रीलाई

नेपालभ्युज

बागीलाई मत मागेको भन्दै माओवादीले हटायो लुम्बिनी प्रदेशका उपाध्यक्ष खत्रीलाई

रोल्पा। नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । खत्रीले सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै माओवादीले उपाध्यक्ष खत्रीलाई जिम्मेवारीबाट हटाएको हो ।

रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा–२ मा उम्मेदवार रहेका कांग्रेस नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनका लागि मत मागेको आरोप छ ।

रोल्पामा सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभामा माओवादी केन्द्रका र प्रदेशसभाको दुई क्षेत्रमध्ये एउटामा कांग्रेस र एउटामा माओवादीका उम्मेदवार रहने गरी सिट बाँडफाँट भएको थियो । तर कांग्रेसको भागमा परेको प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादीका पोलिट्ब्यूरो सदस्य दीपेन्द्रले उम्मेदवारी दिएका छन् ।

गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै उनलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved