लन्डनमा राजेशपायलको लाइभ ब्यान्ड सांगीतिक धमाका

नेपालभ्युज

लन्डनमा राजेशपायलको लाइभ ब्यान्ड सांगीतिक धमाका

बेलायत। गायक राजेशपायल राईले बेलायतको अल्डरसटस्थित नेपालीद्वारा सञ्चालित एम्पायर हल महामारीपछि पहिलोपल्ट माहोल तताएका छन् ।  किराँत राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको एकल सांगीतिक साँझमा उनले पहिलोपटक बेलायतमा लाइभ ब्यान्डका साथ कन्सर्ट गरेका हुन् । करिब ८ सय दर्शकहरूको उपस्थिति रहेको आयोजकले जनाएका छन् ।

गत जुलाईमा निर्धारित गरिएको उक्त सांगीतिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएका कारण दर्शकहरूले उनको लामो प्रतीक्षा गरेका थिए ।

‘तपाईंहरूको सिटको बेल्ट बाँध्नुहोला, अब सांगीतिक यात्रा सुरु हुँदैछ’ भन्दै ‘निष्ठुरीलाई माया गरी…’ बोलको गीतबाट सांगीतिक पर्दा खोलेका राईले साँढे दुई घन्टासम्म आफ्ना दर्जनौं गीतमार्फत दर्शकलाई नचाउन सफल भए । दर्शन नमस्ते, म त मर्छु कि क्या हो, बैगुनी रेछौ जस्ता नयाँ पूराना विभिन्न खालका गीतले हल गुन्जायमान बनेको थियो ।

गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापाले सघाएका थिए ।

कार्यक्राम्मा राईले सांगीतिक सौगातमात्र पस्केनन्, प्रवासमा रहंदा नेपाली कला, संस्कृति, गीत संगीतलाई निरन्तर माया गर्दै आफ्नो परम्परालाई नभुल्न सुझाव दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved