माओवादीलाई मैले उद्धार गरेँ, तर काम लागेनन् : केपी ओली

माओवादीलाई मैले उद्धार गरेँ, तर काम लागेनन् : केपी ओली

सुर्खेत। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सकिन लागेको माओवादी पार्टीलाई एमाले पार्टी र आफूले उद्धार गरेका बताएका छन् । कालिकोटका रास्कोट नगरपालिकाको स्युना बजारमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले माओवादीको उद्धार गरेको र पछि धोका पाएको बताएका हुन् ।

‘प्रचण्डलाई सह-अध्यक्ष बनाए । माओवादीसँग मिलेर एउटै घोषणापत्र ल्यायौं । चुनावमा ३६ सिट जिताएँ । सिद्धिन्न लागेको माओवादीलाई बचाए । पार्टी एकीकरण गरे ।’ ओलीले भने, ‘आफैँ अल्मपत पर्नेगरी मैले उनीहरूलाई पार्टीमा हैसियत दिएँ । तर, उनीहरूले त्यो गुन तिर्न सकेनन् ।’

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले रास्कोटमा आएर झुट बोलेको अध्यक्ष ओलीले आरोप लगाए । ‘कांग्रेसका पछि लागेर यही रास्कोटमा आएर झुट कुरा गर्ने । केपी ओलीले प्रतिगमन गर्रयो भन्ने ?’ उनले भने,‘मैले जनमतका लागि चुनावमा जाउँ पो भनेको हुँ ।’
उनले भने,‘जनयुद्धका नाममा आफन्तलाई सेवा सुबिधा दिइरहेका छन् । घाइते, अपांग र शहीद परिवारले के पाएका छन् ?’
अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार हाँडीघोप्टे भएको संज्ञा दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved