आफ्नो हत्या हुन सक्ने डरले पुटिन जी–२० बैठकमा नजाने निर्णयमा पुगेका हुन् ?

पुटिनको समग्र शासनकालमा उनको हत्या गर्ने रुसभित्रै १२ वटा प्रयास भएका छन, ती सबै असफल भएका छन् । तसर्थ पुटिनको मनमा भय हुनु अस्वभाविक भने हैन ।’

नेपालभ्युज

आफ्नो हत्या हुन सक्ने डरले पुटिन जी–२० बैठकमा नजाने निर्णयमा पुगेका हुन् ?

नेपाल भ्युज । रुसी राष्ट्रपति ब्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले राष्ट्रपतिले नोभेम्बर १५–१६ मा इन्डोनेसियाको बालीमा हुने जी–२० बैठकमा भाग नलिने बताएका छन् । यसको कारण उनले राष्ट्रपति पुटिनको व्यस्तता भनेका छन् ।

प्रवक्ता पेस्कोवले भने, ‘राष्ट्रपति पुटिन आफ्नो व्यस्त कार्यक्रमका कारण जी–२० बैठकमा भाग लिन जानु हुने छैन । राष्ट्रपति त्यो बेला रुसमा नै हुन जरुरी छ।’ तर, पुटिन बाली नजाने निर्णयमा पुग्नुको वास्तविक कारण भने व्यस्तता नभएर ‘हत्या हुन सक्ने डर’ रहेको संचार माध्यमले अनुमान गरेका छन् ।

ग्लोबल मिडिया रिपोर्टसका अनुसार रुसी राष्ट्रपति पुटिन यतिखेर आफ्नै हत्या हुन सक्ने भयबीच बाँचिरहेका छन्। त्यसको कारण भने युक्रेन युद्ध हो । पछिल्ला दिनमा युक्रेन युद्धमा रुसी सेनाले हार ब्यहोर्न थालेको छ। युक्रेनी शहर खरसानबाट रुसी सेना फिर्ता हुनु र शहर पुनश्च युक्रेनको नियन्त्रणमा जानुलाई रुसको हारका रुपमा चित्रण गरिएको छ ।

खरसानबाट रुसी सेना फिर्ता भएपछि रुसभित्रै पनि पुटिनप्रतिको आक्रोश र अविश्वास बढ्न थालेको छ। पुटिनका समर्थकले नै उनको विरोध गर्न थालेका छन्। पुटिनका राजनीतिक तथा रणनीतिक सल्लाहकार रहिसकेका सेर्गेइ मार्कोभले द इन्डिपेन्डेन्डलाई बताए अनुसार–जी–२० बैठकमा पुटिनले भाग नलिने निर्णय गर्नुका कारण निक्कै गम्भीर छन । मार्कोभका अनुसार यसका ३ वटा कारण हुन सक्दछन् ।

पहिलो– अमेरिका र बेलायतले गुप्तचर संस्थाको प्रयोग र कुनै दूर्घटना गराई पुटिनलाई मार्ने षडयन्त्र गर्न सक्दछन् । दोस्रो– जी–२० बैठकमा रुस एक्लिन सक्दछ र त्यो स्थिति पुटिनका लागि अपमानजनक हुनेछ । तीन–खारसान हार पछि पुटिनमाथि आत्मसपर्मण गर्नका लागि दबाब बढ्न सक्ने छ ।

अमेरिका र बेलायत निकट विश्लेषक र संचारमाध्यमले भने बालीमा पुटिनको हत्या प्रयासको सम्भावनालाई अस्वीकार गरेका छन्। अमेरिकी एजेन्सी डिआइएका एक पूर्व अधिकारीका अनुसार यो पुटिनको आफ्नै मनको डर मात्रै हो । त्यति ठूलो र महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठकमा अमेरिकाले कुनै देशको राष्ट्रप्रमुखविरुद्ध हत्या योजनाको कल्पनासम्म गर्न सक्दैन ।

ती अधिकारी रिबका फाँफलरका अनुसार–‘पुटिनको हत्या भए रुसभित्रै हुन्छ, अन्तर्राष्ट्रि बैठकमा हैन । पुटिनको समग्र शासनकालमा उनको हत्या गर्ने रुसभित्रै १२ वटा प्रयास भएका छन, ती सबै असफल भएका छन् । तसर्थ पुटिनको मनमा भय हुनु अस्वभाविक भने हैन ।’

उनका अनुसार– खरसानबाट रुसी सेना फिर्ता हुनुलाई रुसी हारका रुपमा चित्रण गर्नु हतारो हुने छ । त्यो नयाँ सैन्य रणनीतिको अंश पनि हुन सक्छ । हुन सक्छ पुटिन कुनै नयाँ रणनीति कार्यान्वयन गर्नु पर्ने दबाब वा निर्णयको नजिक छन् । त्यस कारणले पनि उनी बालीमा हुने जी–२० बैठकमा नजाने निर्णयमा पुगेको हुन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved