आसत्र निर्वाचनले हाम्रा सन्ततिको भविष्य निर्माण गर्नेछ : डा कोइराला

नेपालभ्युज

आसत्र निर्वाचनले हाम्रा सन्ततिको भविष्य निर्माण गर्नेछ : डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आसत्र निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताएका छन् । पार्टीको महानगर समितिद्वारा शनिबार साँझ विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’ विषयक अन्तरक्रियामा उनले सन्तानको स्वर्णिम भविष्य निर्माण गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

नेता कोइरालाले मुलुकमा सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरी सङ्घीय गणतन्त्रलाई स्थायित्व प्रदान गर्न गठबन्धन दलका उम्मेदवारलाई छान्नुपर्नेमा जोड दिए । उनले भने, ‘मुलुकलाई समृद्धि कायम र रोजगारी सिर्जना गर्ने उम्मेदवार छान्न आवश्यक रहेको छ ।’

राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले जनताको विकासको चाहना पूरा गर्नका लागि गठबन्धनका दलका उम्मेदवारको विजयी सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।  नेकांका केस एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले मुलुकमा उद्योग व्यवसाय स्थापनामा बाधा उत्पन्न हुने कानुन एवं नीति परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेकांले आफ्नो सङ्कल्पपत्रमा स्रोतको सुनिश्चितता कायम गरी पूरा गर्न सक्ने योजना राखेको विश्वास दिलाए। नेका नगर सभापति दीपक चापागाइँ, उपसभापति निरज कोइराला र पूर्वमुख्य सचिव विमल कोइरालाले लोकतन्त्रको लाभांश गरिव एवं पिछडिएका जनताले उपयोग गर्न पाउनुपर्ने विचार राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved