फैसला उल्टाएर सफाइ पाउनुपर्ने माग गर्दै पल शाह गए उच्च अदालत

यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

नेपालभ्युज

काठमाडौं। यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

हाल तनहुँ कारागारमा रहेका उनी जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालत गएका हुन्।

नाबालिकामाथि बलात्कारको आरोप लागेका पल शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गरेको छ।

साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ।

बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद

उजुरीकर्ताले बयान फेरेकै कारण पल शाहले पाए झन्डै आठ वर्ष कैद छुट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved