भोजपुरमा ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

नेपालभ्युज

भोजपुरमा ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

काठमाडौं। भोजपुरको हतुवागढी गाउँपालिका-५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। बालककी आमा घाइते भएकी छिन्।

शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए।

उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका कारण घरमा आंशिक क्षति पुगेको उपाध्यक्ष राईले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved