उम्मेदवारको निधन भएपछि मोरङ-३ को (क) मा आज नयाँ उम्मेदवारी दर्ता

नेपालभ्युज

उम्मेदवारको निधन भएपछि मोरङ-३ को (क) मा आज नयाँ उम्मेदवारी दर्ता
फाइल तस्वीर

मोरङ ।  प्रदेश सभा सदस्यका उम्मेदवारको मृत्यु भएको मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) का लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ ।

नयाँ कार्यक्रमअनुसार आज बिहीवार उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम तय भएको छ । भोलि शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मङ्सिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ । जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहेका मोरङ ३ के प्रदेशसभा (क) का उम्मेदवार शेखरचन्द्र थापाको बुधवार बिहान निधन भएको हो । ५६ वर्षका थापाको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

थापा उम्मेदवारी दर्ताको भोलिपल्ट अर्थात् असोज २४ गते अस्पताल भर्ना भएका थिए । केही दिनअघि डेङ्गीको सङ्क्रमण देखिएका थापालाई निमोनिया पनि भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved