यू–१९ राष्ट्रिय क्रिकेट : दीपकको कप्तानीमा बैतडीको टोली घोषणा

नेपालभ्युज

यू–१९ राष्ट्रिय क्रिकेट : दीपकको कप्तानीमा बैतडीको टोली घोषणा

बैतडी । वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । दीपक बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

टोलीको उपकप्तानमा प्रदीप चन्द र विकेट किपरमा सुनिल चन्द रहेका छन् । अन्य सदस्यमा गजेन्द्र बोहरा, नरेन्द्र भट्ट, हिक्मत महरा, वीरेन्द्र चन्द, आकाश चन्द, सुदीप कार्की, सन्तोष बिजले, सचिन भट्ट, दिपेश बोहरा, डम्बर तिरुवा र हरिश कार्की रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीका रूपमा वुद्धिमान विष्ट, दीपेन्द्र भण्डारी, कल्पेश चन्द र राजेन्द्र बोहरा छनोट भएका छन् । जिल्लाका क्लबहरूमा रहेको यु–१९ खेलाडीलाई बोलाएर दुई दिनसम्म देहिमाडौँमा छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको जनाएको छ ।

यो टोलीले कञ्चनपुरमा कात्तिक २४ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रदेश छनोटबाट राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिनेछ । नेपाल क्रिकेट सङ्घको आयोजना वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी मङ्सिर ६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved