सत्ता गठबन्धनका शीर्ष नेताले बैतडी र दार्चुलामा चुनावीसभालाई सम्बोधन गर्ने

सत्ता गठबन्धनका शीर्ष नेताले बैतडी र दार्चुलामा चुनावीसभालाई सम्बोधन गर्ने

बैतडी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार बैतडी र दार्चुला आउने भएका छन् ।

प्रधानमन्त्री देउवा तथा अध्यक्षद्वय दाहाल र नेपालले बैतडीको पाटन तथा दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको उक्त चुनावीसभाका लागि नेतात्रय आउने कुरा तय भएको कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर चुनावीसभा आयोजना गरेको हो ।

उक्त चुनावीसभाका लागि तयारी पूरा भएको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनाव प्रचारप्रसार संयोजक एवं नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए । बुधबार नै नेतात्रयले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (क) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (ख) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन् ।

यसैगरी दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी चुनावी मैदानमा छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved