सकियो खग्रास चन्द्रग्रहण

नेपालभ्युज

सकियो खग्रास चन्द्रग्रहण

काठमाडौं । नेपाली पञ्चाङ्गअनुसार  मंगलवार  साँझ ५: ११ मा सुरू भएको खग्रास चन्द्रग्रहण बेलुका ६:३४ मा सकिएको छ ।

नेपालबाट एक घण्टा २३ मिनेट देखिएको ग्रहण दक्षिण अमेरिका, युरोप, एशिया र अस्ट्रेलियाबाट समेत देखिएको थियो ।

बेलुकी ०५ :१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन भएको थियो ।

धर्मशास्त्र अनुसार  चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने बताइएको छ ।

सूर्य पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा ग्रहण लाग्छ । चन्द्र ग्रहणका बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved