विकासको चहना राख्ने जनताको मत मलाई आउँछ : नेता सिटौला

नेपालभ्युज

विकासको चहना राख्ने जनताको मत मलाई आउँछ : नेता सिटौला
फाइल फोटो

बनियानी । नेपाली कांग्रेसका नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन् । झापाको भद्रपुरमा सोमबार पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नेता सिटौलाले विगत पाँच वर्षमा झापा क्षेत्र नं ३ मा कुनै पनि विकासका गतिविधि नभएका आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यसपटक मत दिएर विजय गराउने बताए ।

‘पहिलो संविधानसभाबाट संविधान आउन सकेन, म त्यो चुनावमा पराजित भएको थिएँ’, उनले भने, ‘दोस्रो संविधानसभाको निर्वाचनमा संविधान बनाउने प्रतिबद्धता जनाए, जनताले मलाई विश्वास गर्नुभयो, विजय भएँ र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेँ ।’

संविधान निर्माण भए पनि संविधानले निर्दिष्ट गरेका लक्षित वर्गको हकअधिकार सुनिश्चित नभएको उनले बताए । ‘यो निर्वाचनबाट लोकतन्त्र चाहने पक्षको विषय हुन्छ, गठबन्धनको सरकार बन्छ’, संविधानको वास्तविक कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने, ‘त्यो सरकारले संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकमा लोकतान्त्रिक समाजवाद स्थापित गर्छ ।’

मुलुकमा कांग्रेस र कम्युनिष्ट मिलेर गणतन्त्र ल्याएको उल्लेख गर्दै नेता सिटौलाले राजतन्त्र फ्याँक्ने शक्तिले राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्यको कुरा भएको जनाए।

उनले विसङ्गतिपूर्व राजनीतिले देशलाई विकास र निकास दिन नसक्नेसमेत औँल्याए । सत्ता–गठबन्धनबारे चर्चा गर्नुहुँदै नेता सिटौलाले गठबन्धनका हरेक काम इमान्दारीपूर्वक हुने/भइरहेको बताए । ‘गठबन्धनले राम्रो काम गरेको छ’, उनले भने, ‘गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ ।’ समाजका विभिन्न क्षेत्रका जनता आफूलाई जिताउन तल्लीन रहेको नेता सिटौलाको भनाइ छ । विसं २०४८ देखि आफू चुनावी राजनीतिमा रहेको बताउँदै नेता सिटौलाले हारे पनि जीते पनि झापा क्षेत्र नं ३ मै रहेर राजनीतिमा सक्रिय रहेको सुनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved