लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिइरहेको छः राजेन्द्र लिङ्देन

नेपालभ्युज

लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिइरहेको छः राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/ फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको आरोप लगाएका छन् ।

शनिबार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको आरोप लगाए । उनले
विभिन्न पार्टी भनेर देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरुमा रहने गरेको बताए ।

उनले राजनीतिक दलहरुको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गरे । उनले नेकमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरुले जनताको लागि नभइ विदेशीहरुका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको बताए ।

उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशिर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे । उनले नेपाली नेताहरुमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए ।

उनले भने, ‘यो देशमा कसले खाएको छैन, वाइडबडीमा कसले खाएको छैन, ललितानिवास जग्गा प्रकरणमा कसले खाएको छैन । माथिको के कुरा गर्नुहुन्छ, गाउँतिरै हुने भ्रष्टाचारमा कुन पार्टी खाएका छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved