आरजु राणाको अर्को विवादास्पद भाषण- ‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस्’

राणा आफू समानुपातिक सूचीबाट निश्चित रूपमा सांसद बन्नेछिन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट सातौँ पटक जिताउने प्रयत्नमा उनी विभिन्न विवादास्पद भाषण दिँदै आएकी छिन्।

नेपालभ्युज

आरजु राणाको अर्को विवादास्पद भाषण- ‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस्’
फाइल तस्वीर

काठमाडौं। कांग्रेस नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा, देउवाका निम्ति उम्मेदवारी दर्ता गराउनदेखि मत माग्न डडेलधुरामै छिन्। मतदाता फकाउँदै छिन्। यो चुनावपछि पनि देउवालाई प्रधानमन्त्री बनाउँदै आफू शासकीय ‘रजगज’ गर्न लालायित उनी विभिन्न विवादास्पद अभिव्यक्तिका कारण बारम्बार आलोचित हुँदै आएकी छिन्।

राणा आफू समानुपातिक सूचीबाट निश्चित रूपमा सांसद बन्नेछिन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट सातौँ पटक जिताउने प्रयत्नमा उनी विभिन्न विवादास्पद भाषण दिँदै आएकी छिन्।

शुक्रबार उनले ‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छे’लाई जिताउन मतदातालाई आग्रह गरिन्। गृहपालिका गन्यापधुरा गाउँपालिकामा सत्ता गठबन्धनले आयोजना गरेको सभामा भाषण गर्दै उनले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरिन्।

उनले भनिन् –
यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ । आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कति जना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्ने, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् । नेपाली कांग्रेसको रुख छापमा तपाईँहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस्।

उनको कटाक्ष स्वतन्त्र उम्मेदवार सागर ढकालतिर लक्षित थियो। जो कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै क्षेत्रमा उठेर साधारण तरिकाले चुनाव प्रचारमा छन्।

यसअघि राणाले स्थानीय तह निर्वाचन कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनी अभिव्यक्ति दिएकी थिइन्। यसअघि फ्री भिसामा मलेसिया पठाइदिने, डडेल्धुराबासीले बालुवाटारमा सजिलै प्रवेश पाउने भनेर उनी विवादमा परेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved