शेखरलाई बहुजन शक्ति पार्टीको समर्थन

नेपालभ्युज

शेखरलाई बहुजन शक्ति पार्टीको समर्थन

काठमाडौं। मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन्।

पासवानले कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन्। पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने उनले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved