टी-२० विश्वकप : न्युजिल्याण्ड सेमिफाइनल पुग्ने पहिलो टोली

अष्ट्रेलिया र अफगानिस्तानबीचको जारी खेलमा ठुलो स्कोर नबनेपछिनेट रनरेटका आधारमा न्युजिल्याण्ड सेमिफाइनल पुगेको हो ।

नेपालभ्युज

टी-२० विश्वकप : न्युजिल्याण्ड सेमिफाइनल पुग्ने पहिलो टोली

काठमाडौं ।  न्युजिल्याण्ड अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह एकको शीर्ष स्थानमा रहेको न्युजिल्याण्ड सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

अष्ट्रेलिया र अफगानिस्तानबीचको जारी खेलमा ठुलो स्कोर नबनेपछि नेट रनरेटका आधारमा न्युजिल्याण्ड सेमिफाइनल पुगेको हो । अष्ट्रेलियाले १८५ रन भन्दा बढिको अन्तरले अफगानिस्तानलाई हराएको अवस्थामा मात्रै न्युजिल्याण्ड दोस्रो स्थानमा झर्ने सम्भावना हुन्थ्यो ।

तर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै जम्मा १६८ रन जोडेपछि ७ अंकसहित न्युजिल्याण्ड अन्तिम चारमा पुगेको हो । समूह एकबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो भने भोलिमात्रै लाग्नेछ । अष्ट्रेलिया, श्रीलंका र इङ्ल्याण्डमध्ये एक टोली यो समूहबाट अन्तिम चारमा पुग्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved