काठमाडौं, बुटवल र तुलसीपुरको वायु प्रदुषण निकै हानिकारक, अरु सहरको अवस्था कस्तो ?

५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ । अहिले केहि सहरमा वायु प्रदुषण झण्डै २ सय एक्यूआईसम्म पुगेको छ ।

नेपालभ्युज

काठमाडौं, बुटवल र तुलसीपुरको वायु प्रदुषण निकै हानिकारक, अरु सहरको अवस्था कस्तो ?
स्याटेलाइटबाट देखिएको नेपालको प्रदुषणको अवस्था

काठमाडौं । भारतमा पराल जलाउँदा प्रदुषित बनेको वायुले नेपालमा पनि असर गरेको छ । भारतमा बनेको प्रदुषित वायु नेपाल प्रवेश गरिसकेको छ । अहिले केहि सहरको वायु प्रदुषणको मात्रा निकै हानिकारक अवस्थामा पुगेको छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

अहिले केहि सहरमा वायु प्रदुषण झण्डै २ सय एक्यूआईसम्म पुगेको छ । अहिले रुपन्देहीको बुटवलमा वायु प्रदुषण १ सय ८६ एक्यूआईमा रहेको छ । यो प्रदुषण स्वास्थ्यको लागि अत्यन्तै हानिकारक हो । यस्तै तुलसीपुरमा एक्यूआई १ सय ६४ मा पुगेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरको वायु प्रदुषणको मात्रा एक्यूआई १ सय ५२ मा पुगेको छ । रत्नपार्कमा १ सय ३२, कीर्तिपुरमा १ सय ३१, हेटौँडामा ७४, धनकुटामा ६९ र पोखरामा ६५ एक्यूआई मापन गरिएको छ ।

भारतमा बनेको अति प्रदुषित हावा आज मङ्लबारदेखि नेपाल आउन थालेको हो । भारतको पञ्जाव र हरियाणा राज्यमा धानको पराल डढाएको धुवाँबाट बनेको अति प्रदुषित हावाले अहिले नेपालमा असर गरिरहेको मौसम तथा वातावरणविद्ले जनाएका छन् ।

प्रदुषित हावाले स्वास्थ्यमा पनि निकै असर गर्ने भएकाले सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् ।   भारतमा धान काटेर पराल जलाउनाले वर्षेनी प्रदुषित हावा फैलने गरेको छ । नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल  डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ ।  तर पछिल्ला केहि वर्ष काठमाडौंसहितका सहरमा एक्युआई दुई सयसम्म पुग्ने गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved