विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ को मृत्यु

नेपालभ्युज

विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ को मृत्यु
सांकेतिक तस्वीर।

मोरङ। विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो ।

चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेकाबेला अचानक ग्यास लिक भएको हो । प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर त्यहीँ ढलेका थिए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर प्रहरीलेघटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्रै ग्यास कसरी लिक भयो भन्ने बारेमा पत्ता लाग्ने उनको भनाइ छ ।

आवश्यक पर्ने ग्यास कोल्ड स्टोरले भण्डारण स्टक गरेर राखेको थियो । भण्डारणस्थलबाटै ग्यास लिक भएको पाइएको प्रहरीले आशंका गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved