प्रमुख आयुक्त भन्छन्, ‘निर्वाचन ऐनको व्याख्या नहुँदा समस्या भयो’

निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आयोगले उम्मेदवारी खारेज गरेको तर, सर्वोच्च अदालतले कायम राखिदिएको विषयमा ऐनलाई दोष देखाएका हुन् । पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले ऐनको उपयुक्त व्याख्या नहुँदा समस्या भएको तर्क गरे ।

नेपालभ्युज

प्रमुख आयुक्त भन्छन्, ‘निर्वाचन ऐनको व्याख्या नहुँदा समस्या भयो’

काठमाडौं।  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले  निर्वाचन ऐनमा स्पष्ट व्याख्या नहुँदा समस्या देखिएको बताएका छन्।

निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आयोगले उम्मेदवारी खारेज गरेको तर, सर्वोच्च अदालतले कायम राखिदिएको विषयमा ऐनलाई दोष देखाएका हुन् । पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले ऐनको उपयुक्त व्याख्या नहुँदा समस्या भएको तर्क गरे ।

आयोगले शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी रद्द गरेको थियो । कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा रहेको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार लाभको पदमा रहेको व्यक्ति उम्मेदवार हुन नपाउने भन्दै आयोगले उम्मेदवारी रद्द गरेको थियो । तर सर्वोच्च अदालतले भने कार्कीको उम्मेदवारी कायमै राख्न अन्तरिम आदेश दिएको छ।

थपलियाले भने ‘उम्मेदवारी कायम भएपछि निर्वाचनमा जाने कुरा भयो, त्यो सकियो । आयोगले यो विषयमा उपयुक्त व्याख्या गराउन कोसिस गर्छ ’ डा. तोसिमा कार्कीको विषयमा पनि उपयुक्त व्याख्याको अभाव भएको उनको भनाइ छ । उनी भन्छन् ‘ लाभको पद भनेर ऐनमा लेखिदिएको छ तर त्यसको व्याख्या आउँदैन एउटा विषयमा व्याख्या आयो भने फेरि अर्को विषय आउँछ यसमा सबै अलमल परेका छौँ । यसलाई व्याख्या गराउनु नै पर्छ ।’

उनले पेन्सन पाउने व्यक्तिको हकमा भने ऐन लागू नहुने बताए । पेन्सन र सामाजिक सुरक्षा भत्ता लिनु सुविधा मात्रै भएकाले लाभको पद नहुने स्पष्ट पारे ।

उनले अर्को प्रसंगमा सकेसम्म आलोचना खेप्न नपर्नेगरी काम गरे पनि आफूहरूको विज्ञता नपुगेकाले त्रुटि भएको समेत बताए । निर्वाचन आयोगले बनाएको श्रव्यदृश्य सामग्रीमा प्रश्न उठेपछि उनले भने, ‘हामी सचिवको अध्यक्षतामा यी सामग्री छानबिन गर्ने, उपयुक्त छ, छैन हेर्न लगाएर सकेसम्म कसैको पनि आलोचना सुन्न नपर्नेगरी पठाउने आयोगको पवित्र चाहना छ । त्यसमाथि, केही जानकारलाई  त्यो टोलीमा समावेश गरिएको, तर पनि आलोचना आइरहेको छ ।’

उनले आफूहरु यसबारे सचेत भएको भन्दै त्रुटी हुनासाथ सच्याउँदै जाने बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved