एमालेको घोषणापत्र सार्वजनिक गर्दा झण्डै १० लाख खर्च, ओलीका तस्वीरले ढाकिएको हलमा रेडिमेड ‘डिबेट’

कार्यक्रम स्थल परिसरमा ओलीका फोटा र फ्लेक्स टाँगिएका थिए भने रजिष्ट्रेसन स्थलमा त झन् ओलीको विशाल प्रतिमा नै बनाईएको थियो । जहाँ ओलीले लाइभ डिबेटको नाममा पट्यारलाग्दो प्रवचन दिए । 

एमालेको घोषणापत्र सार्वजनिक गर्दा झण्डै १० लाख खर्च, ओलीका तस्वीरले ढाकिएको हलमा रेडिमेड ‘डिबेट’

काठमाडौं: नेकपा (एमाले)ले मंगलबार दिउँसो काठमाडौंको पाँचतारे होटल याक एण्ड यतिमा निकै तामझाम गरेर घोषणापत्र सार्वजनिक गरेको छ । यसरी लाखौं खर्च गरेरर आयोजना गरिएको कार्यक्रमको उदेश्य भने अध्यक्ष केपी शर्मा ओलीलाई हिरोको रुपमा पेश गर्ने जस्तो देखियो ।

कार्यक्रम पुरै ओलीमय बनाइएको थियो । कार्यक्रम स्थल परिसरमा ओलीका फोटा र फ्लेक्स टाँगिएका थिए भने रजिष्ट्रेसन स्थलमा त झन् ओलीको विशाल प्रतिमा नै बनाईएको थियो ।

एमालेका अग्रज नेता र संस्थापकको तस्वीर भने कतै पनि देखिएन । यतिमात्र होइन ओलीसँग डिबेट भनेर पूर्व योजना अनुसार नै आफ्नै बखान मात्रै गरियो । न त संचारकर्मीले प्रश्न सोध्ने मौका पाए न त कुनै एमाले नेताले बोल्न नै ।

एनजिओ शैलीमा आयोजना भएको कार्यक्रमको अधिकांश समय ओलीलाई कसरी हिरो बनाउने भन्नेमै केन्द्रित देखियो ।

रेडिमेट लाइभ डिबेट 

चर्चाका सौखिन ओली यो पटक पनि चुनावमा अनेक फण्डा गरिरहेका छन् । युवासँग सेल्फी खिच्नेदेखि टेलीफोन संवाद गरेका ओलीले मंगलबार लाइभ डिबेटका नाममा प्रवचन दिए ।

डिबेट भनिएपनि पूर्व बैंकर अनिल केसरी शाहसँग पट्यारलाग्दो कुराकानी  मात्रै प्रस्तुत गरिएको थियो । जहाँ ओलीले पुरानै भाषण दोहोर्‍याए र आफूलाई माथि पार्न खोजे । आफ्नै सहकर्मीका कारण काम  गर्न नपाएको दाबी गरे ।

शाहसँग ५७ मिनेट गफ गरेका ओलीले पत्रकारसँग भने १५ मिनेट पनि अन्तरक्रिया गरेनन् ।


भड्कीलो व्यवस्थापन

निर्वाचन आयोगले निर्वाचन खर्चको सिमा तोकेको छ । तर एमालेले भने घोषणापत्र सार्वजनिक गर्दा नै लाखौं रुपैयाँ खर्च गर्‍यो । पाँच तारे होटलमा गरिएको कार्यक्रममा कति खर्च भयो ? आधिकारिक रुपमा भनिएको छैन ।

तर ३ सय ५० सय भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा माछा मासुका विभिन्न परिकारसहितको व्यन्जन तयार पारिएको थियो । सबै गरेर १० लाख भन्दा बढी खर्च भएको सहजै अनुमान गर्न सकिन्छ ।

निर्वाचन आयोगले यसरी दललाई खर्च गर्न रोक लगाएको छ । तर एउटै कार्यक्रममा १० औं लाख खर्च गर्दा पनि अहिलेसम्म आयोगको कुनै प्रतिक्रिया आएको छैन ।


कार्यक्रम उही प्रस्तुती फरक

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रले ल्याएको संयुक्त घोषणापत्रमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्याउने उल्लेख थियो । तर अहिले एमालेको घोषणापत्रमा प्रतिव्यक्ति आय २४ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ ।

विगत पाँचवर्षमा साढे ३ वर्ष ओलीले नै सरकार चलाएका थिए । तर नेपालीको प्रतिव्यक्ति आय १४ सय डलर पनि पुगेको छैन । जबकी उनकै कार्यकालमा यो २४ सय भन्दा बढी पुग्नुपर्ने थियो । तर त्यसको जिम्मेवारी भने उनले कतै पनि लिएनन् । बरु अब नसकिने रहेछ भन्ने निष्कर्षमा पुगेर होला लक्ष्य नै घटाइदिए ।

पूर्व पश्चिम, उत्तर दक्षिण रेल भनेर अघिल्लो पटक ल्याएका कार्यक्रम पनि फेरि आएका छन् । तर साढे ३ वर्षमा त्यसका लागि के गरियो भनेर कतै उल्लेख छैन । शुशील कोइराला सरकारको पालमा तयार भएको जनकपुर-जयनगर रेलका डिब्बा खरिद गर्न समेत नसकेर अलपत्र पारेका ओलीले अहिले त्यही रेलमा  चढेर लाजै नमानी मेरो रेल हेर भन्दैछन् ।  

पानी जहाज जस्ता हावादारी कार्यक्रम यसपटक पनि दोहोरिएका छन् । जबकी उनको कार्यकालमा पानी जहाजका लागि एउटा कार्यालय खोल्ने भन्दा केही प्रगति भएन ।

पूर्व पश्चिम, उत्तर दक्षिण रेल भनेर अघिल्लो पटक ल्याएका कार्यक्रम पनि फेरि आएका छन् । तर साढे ३ वर्षमा त्यसका लागि के गरियो भनेर कतै उल्लेख छैन । शुशील कोइराला सरकारको पालमा तयार भएको जनकपुर-जयनगर रेलका डिब्बा खरिद गर्न समेत नसकेर अलपत्र पारेका ओलीले अहिले त्यही रेलमा चढेर लाजै नमानी मेरो रेल हेर भन्दैछन् ।

दलहरुका घोषणापत्र यसै पनि नागरिकले पत्याउन छाडेका छन् । त्यसमा पनि केपी शर्मा ओलीका हावादारी भाषण र प्रतिवद्धता त झन् मनोरञ्जनको विषय मात्रै हुने गरेका छन् । त्यसैले व्यवहारमा नउत्रने यस्ता घोषणापत्रलाई आम नागरिकले पनि गम्भीरतापूर्वक लिन छाडिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved