अमेरिका-दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नरोकिए थप शक्तिशाली आणविक परीक्षण गर्ने उत्तरको चेतावनी

नेपालभ्युज

अमेरिका-दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नरोकिए थप शक्तिशाली आणविक परीक्षण गर्ने उत्तरको चेतावनी

प्योङयोङ। उत्तर कोरियाले अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास बन्द नगरे कडा जवाफ दिने चेतावनी दिएको छ। आज मङ्गलबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको पाँच दिने संयुक्त हवाई सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

‘यदि, अमेरिकाले लगातार गम्भीर सैन्य उत्तेजना जारी राख्यो भने उत्तर कोरियाले थप शक्तिशाली आणविक परिक्षणहरू गर्नेछ’, उत्तर कोरियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । अमेरिका र दक्षिण कोरियाले युद्ध अभ्यासहरू बन्द नगरेमा सबै नतिजाको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने उत्तर कोरियाको चेतावनी छ ।

दुई देशले सैन्य अभ्यास गर्ने योजना बनाएदेखि नै उत्तर कोरियाले पनि क्षेप्यास्त्रहरू परीक्षण गरिरहेको छ । यस्तै, २०१७ पछि उसले पहिलो आणविक हतियार परीक्षणको तयारी गरिरहेको खुफिया एजेन्सीले दाबी गरेका छन् ।

अक्टोबरको सुरुमा अमेरिकाले आफ्नो आणविक शक्ति सञ्चालित अमेरिकी युद्ध विमानवाहक रोनाल्ड रेगनलाई कोरियाली प्रायद्वीप नजिक तैनाथ गरेपछि तनाव बढ्दै गएको छ ।-बीबीसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved