रूपन्देहीमा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु, २ जना घाइते

नेपालभ्युज

रूपन्देहीमा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु, २ जना घाइते
सांकेतिक तस्वीर।

बुटवल। रुपन्देहीमा कारले ठक्कर दिँदा एक शिशुसहित तीनजनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जादै गरेको कारले ओमसतिया -४ पननीमा बिहान ठक्कर दिएको थियो । छठ घाट जाँदै गरेका स्थानीयलाई कारले ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृतकहरू ओमसतिया –४ पननीकै वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् । त्यस्तै, शिशुकी आमा २४ वर्षीया वन्दना कुर्मी र २६ वर्षीया मञ्जु  कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्करपछि फरार भएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । सडकमा भएका सीसीटीभीबाट गाडीको पहिचान गर्ने प्रयास भइरहेको छ । स्थानीयले कार रोक्न खोजे पनि पूर्वतर्फ भागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved