सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

सूर्योदयकलामा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा अनुसार छठ पर्व समापन गरियो। व्रतालुहरू कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि अनुसार बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए।

नेपालभ्युज

सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको छ। आज बिहान पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिएको हो।

सूर्योदयकलामा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा अनुसार छठ पर्व समापन गरियो। व्रतालुहरू कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि अनुसार बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए।

यसअघि छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहित महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधू प्राप्तिको कामनाका लागि गर्छन्। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रबारदेखि शुरु भएको थियो।

काठमाडौंमा पनि धूमधामका साथ मनाइयो छठ

काठमाडौंमा पनि धूमधामका साथ छठ मनाइयो। थापाथली, गौरीघाट, कमलपोखरी छठ मनाइएको हो।

छठका लागि बागमती किनारका गुह्येश्वरी र थापाथली तथा कमलपोखरीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई सिँगारिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved