दक्षिण अफ्रिकाले भारतलाई हरायो, सेमिफाइनल समिकरण झनै रोमाञ्चक बन्दै

नेपालभ्युज

दक्षिण अफ्रिकाले भारतलाई हरायो, सेमिफाइनल समिकरण झनै रोमाञ्चक बन्दै

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको छ । अष्ट्रेलियाको पर्थमा भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर २ बल अघि नै भेटायो ।

उसका लागि एडिएन मार्करमले ५२ र डेविड मिलरले नटआउट ५६ रन बनाए । भारतका अश्रदीप सिँहले २ तथा मोहम्मद शामी, हार्दिक पाण्ड्या र रविचनद्रन आश्विनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ् गरेको भारतले सूर्यकुमार यादवको ६८ रन मद्दतमा १ सय ३३ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले १५ र विराट कोहलीले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङ्तर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडिले चार, वाएने पार्नेलले तीन र एनरिक नोर्ट्जेले एक विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका तीन खेलमा ५ अंकसहित शीर्ष स्थानमा पुगेको छ । भारत ४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै ४ अंक नै रहेको बंगलादेश तेस्रो, ३ अंक भएको जिम्बावे चौथो, २ अंक भएको पाकिस्तान पाँचौँ र अंकविहिन रहेको नेदरल्याण्ड्स पुछारमा छन् ।

दक्षिण अफ्रिकाले भारतलाई हराएसँगै यो समूहको सेमिफाइनल समिकरण झनै रोमाञ्चक हुने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved