रुचिअनुसारको शिक्षामा लगानी बढाइन्छ : विष्णु पौडेल

नेपालभ्युज

रुचिअनुसारको शिक्षामा लगानी बढाइन्छ : विष्णु पौडेल

बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्‍याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् ।
एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार संवोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमता अनुसारको गुणतरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी बढाउन जोड दिए ।

पौडेलले  शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथामिकतामा राखेर काम गर्ने बताउँदै स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाकाँ जनता उपचारको लागि महंगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । उनले अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारी सिर्जनाका अवसरहरू जुटाउने बताए ।

‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र वेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर बनाएर यो क्षेत्रलाई नमूना बनाएका चाहेका छौं ।’ पौडेलले भने । कार्यक्रममा रुपन्देही–२ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल विकासमा केही कमी हुन नदिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved