केपी ओली नैतिकता नभएका व्यक्ति हुन् : घनश्याम भुसाल

नेपालभ्युज

केपी ओली नैतिकता नभएका व्यक्ति हुन् : घनश्याम भुसाल

रुपन्देही। प्रतिनिधिसभाका लागि रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार बनेका नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

आफैँले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले थोरै नैतिकता भएको भए प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्थ्यो, तर त्यसो नगरेको उनको भनाइ थियो ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकिरसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved