स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

नेपालभ्युज

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगु संक्रमणबाट बिरामी भएका मन्त्री केसी आज बिहान डिस्चार्ज भएको बताइएको छ ।

उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। कात्तिक २ गते उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए। डेंगुले गलाएपछि उनलाई ३ गते वीर अस्पतालमा सारिएको थियो।

केसीको अवस्थामा सुधार भएपछि आइतबार बिहान डिस्चार्ज गरिएको राज्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved