नेकपा सरकारले अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गर्‍यो : कांग्रेस ( घोषणापत्रसहित)

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले तत्कालीन नेकपा नेतृत्वको सरकार संसद् र जनताप्रति उत्तरदायी र जबाफदेही नभई कम्युनिस्ट शासनमा जस्तो सम्पूर्ण अधिकार केन्द्रीकृत गरी सर्वसत्तावाद र अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गरेको आरोप लगाएको हो।

नेपालभ्युज

नेकपा सरकारले अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गर्‍यो : कांग्रेस ( घोषणापत्रसहित)

काठमाडौं। नेपाली कांग्रेसले तत्कालीन नेकपा नेतृत्वको सरकारले सर्वसत्तावाद र अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गरेको आरोप लगाएको छ। शनिबार आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले तत्कालीन नेकपा नेतृत्वको सरकार संसद् र जनताप्रति उत्तरदायी र जबाफदेही नभई कम्युनिस्ट शासनमा जस्तो सम्पूर्ण अधिकार केन्द्रीकृत गरी सर्वसत्तावाद र अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गरेको आरोप लगाएको हो।

तत्कालीन नेकपा सरकार हाल कांग्रेसले गठबन्धन गरेको माओवादी केन्द्र पनि थियो। माओवादीसँगै चुनावमा गठबन्धन गरेको कांग्रेसले आफ्नै सहयात्रीलाई समेत घोषणापत्रमा आरोप लगाएको छ।

संसद्लाई तत्कालीन नेकपा सरकारको ‘रबर स्ट्याम्प’ बनाउने दुस्साहस गरेको आरोप समेत लगाएको छ। कांग्रेसले दलभित्र वा दलहरूको विवादका कारण प्रतिनिधिसभा विघटन नगर्ने उल्लेख छ । के गर्छौँ के गर्दैनौँ भन्ने प्रतिज्ञामा कांग्रेसले भनेको छ, ‘‘दलहरूको आन्तरिक विवाद र फरक दलहरूको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौँ।’’

कांग्रेसले आगामी प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्ने प्रतिबद्धतासमेत जनाएको छ। ‘‘नेपाली कांग्रेसको ऐतिहासिक भूमिका र संघर्षको कारणले नै दुई–दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनः स्थापित भई पाँच वर्षको कार्यकाल पूरा गन्यो। आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पनि पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध छ,’’ घोषणापत्रमा भनिएको छ।

यस्तो छ कांग्रेसको घोषणा पत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved