कालिकोटमा बम पड्किँदा एक बालिकाको मृत्यु, चार बालबालिका गम्भीर घाइते

सुरक्षाका लागि प्रशासनलाई गृहमन्त्रीको निर्देशन

नेपालभ्युज

कालिकोटमा बम पड्किँदा एक बालिकाको मृत्यु, चार बालबालिका गम्भीर घाइते
सांकेतिक तस्वीर

काठमाडौं।  कालिकोटमा बम विस्फोट भएको छ। विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने  चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार  तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले बताए।

विष्फोटक पदार्थ पड्किदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले बताए ।

घटनामा सोही ठाउँकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।

सुरक्षाका लागि प्रशासनलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा विष्फोटक वस्तु पड्किँदा गम्भीर घाइते भएकाहरू बच्चाबच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved