आलेख

ऋषि सुनकबारे भारतीय नेता शशी थरुर भन्छन् : बेलायतमा विस्मयकारी घटना भयो

यो सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति बन्नु भन्दा पनि बढी सनसनीपूर्ण घटना हो । किनकी अमेरिकी राजनीतिमा अश्वेतहरुको एक लामो भूमिका छ, तर, ब्रिटेनमा भारतीय र एशियालीको त्यस्तो स्थिति थिएन । यसको अर्थ हो, नश्लीय मामिलालाई लिएर एउटा यस्तो देशमा मान्यता सामान्य हुँदै गएको छ, जो कुनै बेला नस्लीय विचारले आक्रान्त थियो ।

नेपालभ्युज

ऋषि सुनकबारे भारतीय नेता शशी थरुर भन्छन् : बेलायतमा विस्मयकारी घटना भयो

भारतीय राष्ट्रिय कांग्रेसका नेता, लोकसभा सदस्य तथा लेखक शशि थरुरले बेलायतमा भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री भएकोमा एक लेख लेख्दै प्रसंशा गरेका छन । लेखमा उनले भनेका छन–‘युकेमा प्रतिभाको कदर हुन्छ, भारतमा अझै यस्तो सम्भव छैन।’

थरुर भर्खरै सम्पन्न भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदको चुनावमा गान्धी परिवार समर्थक ८३ बर्षका मल्लिकार्जुन खड्गेसँग पराजित भएका थिए । उनले खड्गेको तुलनामा निक्कै कम मत प्राप्त गरेका थिए ।

थरुरले लेखमा भनेका छन्–‘ ४२ बर्षको उमेरमा राजनीतिमा प्रवेश गरेको ७ बर्षमा प्रधानमन्त्री हुने कुरा विस्ममयकारी घटना र चकित पार्ने खालको प्रगति हो । भारतमा हुन्थ्यो भने ऋषि आज सत्तारुढ दलको सबैभन्दा पछिल्लो बेन्चमा बसिरहेका हुन्थे अथवा हद से हद भए उनलाई कुनै मन्त्रालयको राज्यमन्त्रीको पद दिइएको हुन्थ्यो ।’

दैनिक भाष्करमा प्रकाशित शशि थरुरको लेखको नेपाली अनुवाद :

युकेको प्रधानमन्त्रीका रुपमा ऋषि सुनकको उदय अनेक कारणले एक अदभूत कथा हो । सबैभन्दा पहिलो कुरा– ब्रिटेनले एक यस्तो काम गर्याे जो संसारमा जहाँ कहिँ पनि असाध्यै दूर्लभ हुन्छ । उसले एक अल्पसंख्यक समुदायको व्यक्तिलाई सरकारको सबैभन्दा शक्तिशाली पदमा बसाई दियो ।

एक यस्तो संसारमा जहाँ अधिकांश मानिसलाई नस्ल, धर्म र जातिको मामिलामा तटस्थ रहन मुश्किल छ, त्यहाँ संसदका कन्जर्भेटिभ सदस्यले छालाको रंग गहुँगोरो भएको एक हिन्दूलाई आफ्नो नेता चुने, जबकी बेलायतमा कुल जनसंख्याको ७.५ प्रतिशत मात्र एशियाली छन्।

यो सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति बन्नु भन्दा पनि बढी सनसनीपूर्ण घटना हो । किनकी अमेरिकी राजनीतिमा अश्वेतहरुको एक लामो भूमिका छ, तर, ब्रिटेनमा भारतीय र एशियालीको त्यस्तो स्थिति थिएन । यसको अर्थ हो, नश्लीय मामिलालाई लिएर एउटा यस्तो देशमा मान्यता सामान्य हुँदै गएको छ, जो कुनै बेला नस्लीय विचारले आक्रान्त थियो ।

बेलायतको संस्कृतिमा नस्लीय विभेदको एक लामो परम्परा थियो । उनीहरुले यो संस्कृति ती देशमा पनि लिएर गए, जहाँजहाँ उनीहरुले शासन गरे । कुनै पनि समाज आफ्नो दूर्गुणबाट आफै बाहिर निस्किएर अघि बढ्नु कमालको कुरा हो । यो एक शताब्दिभित्रै भएको कुरा हो । कुनै बेला बेलायती भारत र अफ्रिकामा त्यस्ता क्लब संचालन गर्थे जहाँ अश्वेत र गहुँगोरो वर्णका मानिसका लागि प्रवेश निधेष गरिएको हुन्थ्यो । आज जो बेलायतको प्रधानमन्त्री बनेका छन, एक शताब्दी अघि त्यही देशमा घृणाको दृष्टिले हेर्ने गरिन्थ्यो ।

हामी यो कल्पना गरौं त नस्लवादी विस्टन चर्चिलले यस्तो संभावनालाई कसरी टिप्पणी गर्थे ? हिन्दू धर्मबारे चर्चिलको जुन विचार थियो, त्यो कसैबाट लुकेको थिएन । चर्चिल हिन्दूलाई अशिक्षित, बेरसिला, जंगली तथा मुर्ख ठान्दथे । र आज त्यही बेलायती शासनको शीर्ष स्थानमा एक यस्तो व्यक्ति विराजमान छ, जो हिन्दू मात्र हैन, बरु खुलेआम हिन्दू धर्मको पालना गर्दछ ।

ऋषि सुनकले मन्त्रीपदको सपथ गीतामा हात राखेर लिएका थिए । पार्टी नेतृत्वको लागि अभियान सुरुवात गर्दा गौ–पूजा, जन्मअष्टमीमा श्रीकृष्णको उपासना गर्दै गरेको फोटो र भिडियो ट्वीट गरेका थिए । केही बेलायतीका लागि यो ताज्जुबको बिषय बनेको होला, एक हिन्दूले उनीहरुको नेतृत्व कसरी गर्ला, जहाँको स्थापित धर्म आंग्लो चर्चद्धारा पालन गराउने इसाइत्व हो, र जहाँका प्रधानमन्त्री सार्वजनिक रुपमा बाइबल पाठ गर्थे ।

के आवश्यक पर्यो भने ऋषिले पनि त्यसो गर्लान ? यद्यपी उनले केही भनेका छैनन, तर मेरो विचारमा अरु हिन्दूमा जस्तै उनमा पनि यसबारे कुनै आपत्ति नहोला । हिन्दूलाई सामान्यतः अरु धर्मका आस्था र त्यसका धर्मग्रन्थप्रति मानसम्मान व्यक्त गर्न कुनै आपत्ति हुँदैन ।

बढ्दो राष्ट्रवाद र संरक्षणवादको विद्यमान स्थितिमा ऋषि सुनकको उदयले यो बताउँछ कि आप्रबासी विश्व–नागरिकमा कति धेरै सम्भावना छ । पश्चिमको अर्थ अब केवल गोराको संसार मात्र रहेन ।

सन् १९८० मा जन्मिएका ऋषि केवल ४२ बर्षका छन् । उनले आफ्नो राजनीतिक करिअर सन् २०१५ मा सुरुवात गरेका थिए । राजनीतिमा प्रवेश गरेको ५ बर्षभित्रै उनी थेरेसा मे र बोरिस जोनसनको सरकारमा उच्च पदमा पुगे र अर्थमन्त्रीसम्म भए । यो सबैलाई आश्चर्यचकित पार्ने खालको प्रगति हो, भारतमा यसको कल्पना पनि गर्न सकिन्न ।

संसदमा प्रवेश गरेको ७ बर्षमै प्रधानमन्त्री हुनु विस्मयकारी हो । यसले देखाउँछ कि बेलायतीलाई प्रतिभाको कदर गर्न आउँछ, उनीहरु समयमै त्यसलाई पुरस्कृत गर्न जान्दछन् । ऋषि भारतमा हुन्थे भने सत्तारुढ दलको अन्तिम बेन्चमा बसेका हुन्थे ।

सबैभन्दा धेरै भए उनलाई कुनै राज्यमन्त्री पदले कृपा गरिन्थ्यो । यसमा शंका छैन कि ऋषिको चयन बेलायतको विद्यमान आर्थिक दूर्दशाको योगदान हो। बेलायतलाई एक यस्तो व्यक्तिको जरुरी थियो, जससँग आर्थिक प्रबन्धनको मामिलामा महारथ हासिल होस ।

विगतमा ऋषिले आफूलाई यसमा सावित गरेका छन्। उनलाई चुनिनुको कारण त विद्यमान स्थितिमा उनले सबैभन्दा राम्रो गर्न सक्लान भनेर नै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved