भीरबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

नेपालभ्युज

भीरबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

काठमाडौं। उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।

कटहरी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल मंगलबार साँझ भीरबाट ५ सय मिटर तल खसेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकल चालक २४ वर्षका यम्बरबहादुर श्रेष्‍ठ ५ सय मिटर तल मृत अवस्थामा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए।

उक्त मोटरसाइकलको पछाडि बसेकी २१ वर्षीया इन्दिरा कार्की सडकबाट ५ मिटर तल रुखमा अल्झिई गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved