जावलाखेलमा आजदेखि पुष्प मेला,  ४४ वटा प्रदर्शनी कक्षमा सयौँथरी फूल

नेपालभ्युज

जावलाखेलमा आजदेखि पुष्प मेला,  ४४ वटा प्रदर्शनी कक्षमा सयौँथरी फूल

काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपालले आज विहीबारदेखि पुष्षमेला तथा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्दैछ । मेलाको विहान ११ बजे उद्घाटनको कार्यक्रम छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए । फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार तिहार तथा छठ पर्व, घर आँगन/बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला गरिएको हो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ ।

साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा रहनेछन् । प्रदर्शनी आउँदो आइतवारसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved