यी हुन् बझाङ जिप दुर्घटनाका १६ जना घाइते

नेपालभ्युज

यी हुन् बझाङ जिप दुर्घटनाका १६ जना घाइते

काठमाडौं  ।  बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।

जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ति मध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार  घाइते हुनेमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्की देवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाँउपालिका-१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेका छन् ।

उनिहरुमध्ये धेरैको अवस्था चिन्ताजनक भएको बताइएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved