आठ दिनमा युक्रेनका ३० प्रतिशत उर्जा केन्द्र ध्वस्त, विद्युत र खानेपानीको संकट

कडा जाडोको समय आउँदै गरेकाले ऊर्जाको झन् धेरै आवश्यक पर्ने तर यसै बेला रुसले ऊर्जा केन्द्रलाई लक्षित गरेर आक्रमण गर्दा ठूलो मानवीय सङ्कट आउन सक्ने चिन्ता छ ।

नेपालभ्युज

आठ दिनमा युक्रेनका ३० प्रतिशत उर्जा केन्द्र ध्वस्त, विद्युत र खानेपानीको संकट

कीभ। रुसी सेनाले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनाएको छ । पछिल्ला केही दिनदेखि रुसले विद्युत् गृह, सबस्टेशन, प्रसारण लाइन, थर्मल प्लान्ट लगायतलाई लक्षित गरेर आक्रमण गरिरहेको छ ।

युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले अहिले राजधानी किभ र अन्य थुप्रै सहरमा बिजुली र खानेपानीको अभाव रहेको बताएका बीबीसीले जनाएको छ ।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पछिल्ला आठ दिनमा देशका ३० वटा ऊर्जा केन्द्रमा आक्रमण भएको र अवस्था नाजुक रहेको बताएका छन् । उनले नागरिकलाई ऊर्जाको खपत निकै कम गर्न र पानी बचाउन आग्रह गरेका छन् । कडा जाडोको समय आउँदै गरेकाले ऊर्जाको झन् धेरै आवश्यक पर्ने तर यसै बेला रुसले ऊर्जा केन्द्रलाई लक्षित गरेर आक्रमण गर्दा ठूलो मानवीय सङ्कट आउन सक्ने चिन्ता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved