एमाले अध्यक्ष ओली अस्वस्थ, औषधि खाएर आराम गर्दै

नेपालभ्युज

एमाले अध्यक्ष ओली अस्वस्थ, औषधि खाएर आराम गर्दै
फाइल तस्वीर

झापा। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । मंगलबार दिउँसो गृहजिल्ला झापा पुगेका ओली अस्वस्थ भएपछि चुनावी प्रचारका कार्यक्रम समेत प्रभावित भएका छन् ।

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन्। अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगन गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved