राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव

नेपालभ्युज

राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव

जुम्ला। अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव भएको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ ।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ ।

महिनौँ दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेका हुनाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको हो ।

विभिन्न पसलहरूको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छिटोभन्दा छिटो अवरुद्ध राजमार्ग खुलाउनका लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved