एपीएफको लगातार चौथो जित

नेपालभ्युज

एपीएफको लगातार चौथो जित

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा एपीएफले लगातार चौथो जित निकालेको छ। आइतबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। एपीएफ यस अघि नै सेमिफाइनल पुगिसकेको थियो।

सुदूरपश्चिमले दिएको ९३ रनको लक्ष्य एपीएफले १६ ओभरमा ५ विकेट गुमाएर भेटायो । उसको लागि इन्दु बर्माले ४५ रन र ज्योति पाण्डेले ११ रन बनाइन्। सुदूरपश्चिमका लागि मनीषा चौधरी, अनु कडायत, डली भट्ट र स्नेहा महराले १–१ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाएर ९२ रन बनायो। उसको लागि ऋतु कनौजियाले नटआउट ३५ र रुबी पोदारले २३ रन बनाइन् । सुदूरपश्चिमका लागि सुष्मा श्रेष्ठ, इन्दु बर्मा र नेरी थापाले १–१ विकेट लिए ।

अर्को खेलमा बाग्मती र मधेश प्रदेश दिउँसो हुँदैछ । दुवै टोली तेस्रो जितको खोजीमा रहेका छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved