महिला हर्डल्समा जयरानीले आफ्नै कीर्तिमान तोड्दै जितिन स्वर्ण

नेपालभ्युज

 महिला हर्डल्समा जयरानीले आफ्नै कीर्तिमान तोड्दै जितिन स्वर्ण


काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा ४०० मिटर महिला हर्डल्सका त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक प्राप्त गरिन्।

पोखरा रङ्गशालामा आइतबार जयरानीले उक्त दुरी १ मिनेट ४ सेकेन्ड्स र १३ मिलिसेकेन्ड्समा पुरा गरेकी थिइन । उनले  ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बनाएको १ मिनेट ७ सेकेन्ड्समिलिसेकेन्ड्सको आफ्नै कीर्तिमान तोडिन्।

एपीएफकी भागीरती कुमारी थारुले १ मिनेट ६ सेकन्ड्समिलिसेकेन्ड्सको समयसहित रजत पदक प्राप्त गरिन्। एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ६ सेकेन्ड्समिलिसेकेन्ड्स समयका साथ कास्य पदक जितिन्। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved