गठबन्धनमा गडबड : डडेलधुरामा कांग्रेस (बीपी) र एकीकृत समाजवादीको तालमेल

नेपालभ्युज

गठबन्धनमा गडबड : डडेलधुरामा कांग्रेस (बीपी) र एकीकृत समाजवादीको तालमेल

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेस (बीपी) र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै नेकपा एमालेले कांग्रेस (बीपी) सँग सम्बन्ध तोडेपछि एकीकृत समाजवादी जोडिएको हो ।

दुवै दलले शनिबार संयुक्त पत्रकार सम्मेलन गरेर तालमेलबारे जानकारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले अर्को दलसँग तालमेल गर्नुलाई आश्चर्यजनक मानिएको छ ।

सहमति अनुसार प्रतिनिधिसभामा कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई एकीकृत समाजवादीले सघाउनेछ । यस्तै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता डा. तारा जोशीलाई कांग्रेस बीपीले सहयोग गर्नेछ ।

जोशीले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर तालमेल गर्ने सहमतिमा उनीसहित एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कबिन्द्र विष्टले समेत हस्ताक्षर गरेका छन् ।

यसअघि समझदारी विपरीत कांग्रेस (बीपी) ले स्वतन्त्र उम्मेदवारलाई सघाउन लागेको भन्दै नेकपा एमालेले तालमेल तोडेको घोषणा गरेको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved