पुरुष भलिबलमा समूह विजेता गण्डकी क्वार्टरफाइनलमा

नेपालभ्युज

पुरुष भलिबलमा समूह विजेता गण्डकी क्वार्टरफाइनलमा

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा गण्डकी प्रदेशलले विजयी सुरुवात गरेको छ । भलिबल टेक्निकल सेन्टरमा शुक्रबार भएको खेलमा गण्डकीले बागमती प्रदेशलाई ३–१ सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा गण्डकीले बागमतीमाथि २५–२० ले जित निकालेको थियो । दोस्रो सेटमा भने बागमतीले २५–१५ ले जित निकाल्यो । गण्डकीले तेस्रो सेटमा २५–१८ र चौंथो सेटमा २५–१५ ले बागमतीमाथि जित निकाल्यो ।

समूह विजेता बनेको गण्डकीले क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।समूह ‘डी’ मा मात्र २ टोली भएकाले बाग्मती पनि क्वार्टरफाइनलमा पुग्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved