बिहीबार सेयर बजार उकालोतर्फ, ८२ करोडको कारोबार

नेपालभ्युज

बिहीबार सेयर बजार उकालोतर्फ, ८२ करोडको कारोबार

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । बुधबार ११ अंकले बढ्दै १८६६ विन्दुमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०.६३ विन्दुमा उक्लिएको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९५ अंकले बढ्दै ३६७.१४ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यसैगरी, कारोबार रकममा समेत आज अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ ।

यस दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा जम्मा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

आज हाइड्रोपावर बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved