भीम रावलले एमाले नछाड्ने, पार्टीमै रहेर न्यायका लागि लड्ने घोषणा

नेपालभ्युज

भीम रावलले एमाले नछाड्ने, पार्टीमै रहेर न्यायका लागि लड्ने घोषणा

काठमाडौं। नेकपा (एमाले) का नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा टिकट पाउन नसके पनि  पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताए ।

चुनावमा टिकट पाउन नसकेकोबारे सम्मेलनमा उनले भने, ‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलले भने, ‘यस्तो गर्नु कार्यकर्ता र जनताको भावनालाई कुल्चनु हो । यस्तो कार्य गर्नु स्वेच्छाचारी निन्दनीय कार्य हो ।’

उनले आफूले टिकट नपाए पनि आगामी मंसिर ४ को चुनावमा योग्य उम्मेदवारलाई जिताउन कटिबद्ध भई लाग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved