भीम रावलले भने – ओलीसँग माफी नमागेकै कारण मलाई टिकट दिइएन

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले माफी नमागेकै कारण टिकट नदिइएको आरोप लगाएका छन्। पत्रकार सम्मेलन गरेर उनले ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उनले बताए।

नेपालभ्युज

भीम रावलले भने – ओलीसँग माफी नमागेकै कारण मलाई टिकट दिइएन
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले माफी नमागेकै कारण टिकट नदिइएको आरोप लगाएका छन्। पत्रकार सम्मेलन गरेर उनले ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उनले बताए।

आफूलाई टिकट नदिन अध्यक्ष केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको समेत रावलले आरोप लगाए। प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर आफूलाई टिकट नदिएर अछामका जनताका अपमान गरेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved