बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ

नेपालभ्युज

बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरलाई खुकुरी प्रहार गरी फरार भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका नितेश राई र छिरिङ लामालाई ८ जनाको समूहले खुकुरी प्रहार गरेर भागेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले खुकुरी प्रहारमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको बताए।

उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका दावा दोर्जे शेर्पा उर्फ च्याङ्बा, प्रदीप लामा, जिवन तामाङ र काभ्रेको मंगलटार घर भएका जितेन लामा सहित ६ जना छन्। घाइते राई र लामाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एक महिनाअघि प्लाटिनम क्लबका बाउन्सरसँग आरोपीहरूको झगडा भएको थियो। बाउन्सरले दावा दोर्जे शेर्पालाई कुटेको र ५ तोला बराबरको सुनको सिक्री क्लबमा हराएको उनीहरूले दाबी गरेका थिए।

त्यतिबेला प्रहरी वृत दरबारमार्गले दुवै पक्षलाई मिलापत्र गराएर छाडेको थियो। सो रिसिबी साँधेर दावा दोर्जेको योजनामा चार वटा मोटरसाइकलमा चढेर गएका ८ जनाले बाउन्सरलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बोहोराले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved