मनसुन शनिबारदेखि बाहिरिने

नेपालमा उत्तरपूर्वी राजस्थानको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। यो वर्षको मनसुन अक्टोबर २ देखि नेपालबाट बाहिरिने अनुमान गरिए पनि आगामी शनिबार देखि बाहिरिने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

नेपालभ्युज

मनसुन शनिबारदेखि बाहिरिने
सांकेतिक तश्वीर

काठमाडौं। नेपालमा उत्तरपूर्वी राजस्थानको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। यो वर्षको मनसुन अक्टोबर २ देखि नेपालबाट बाहिरिने अनुमान गरिए पनि आगामी शनिबार देखि बाहिरिने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा सोमबार भारी वर्षा र एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।

यी दुई प्रदेशका अन्य स्थानसहित सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। सोमबार बिहान पनि प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved