रेशम चौधरीको पार्टीबाट कैलालीमा चुनाव लड्ने यी हुन उम्मेदवार

नेपालभ्युज

रेशम चौधरीको पार्टीबाट कैलालीमा चुनाव लड्ने यी हुन उम्मेदवार

काठमाडौं। रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारको टुंगो लगाएको छ।

प्रतिनिधिसभातर्फका ५ र प्रदेशसभातर्फका १० सिटमा उम्मेदवारको नाम टुंगो लगाइएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। उनका अनुसार कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ उम्मेदवार चयन भएकी छन्। उनी रेशमको श्रीमती हुन्।

यस्तै प्रदेशसभा क मा कैलाली जिल्ला कमिटी अध्यक्षसमेत रहेका कैलाश चौधरी ख मा पार्टीको संगठन विभाग प्रमुख रहेका लक्ष्मण किशोर थारु उम्मेदवार चयन भएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ अरुणकुमार चौधरी, प्रदेशसभा (क) मा पार्टी महासचिव रतनकुमार थापा र (ख) मा रामेश्वर चौधरी उम्मेदवार बन्ने भएका छन्।

एमाले कैलालीका निवर्तमान अध्यक्षसमेत रहेका थापा पार्टीले कारबाही गरेपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य समेत रहेका गंगा चौधरी, प्रदेशसभा (क) मा घनश्याम चौधरी र (ख) मा खुसीराम चौधरी (भिमसेन), क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कैन्या चौधरी, प्रदेशसभा (क) मा राजेन्द्र देवकोटा र प्रदेशसभा (ख) मा कमल भट्टलाई उम्मेदवार बनाइने प्रवक्ता पण्डितले जानकारी दिए।

क्षेत्र नम्बर ५ मा टीकापुर घटनामा दोषी ठहर भएका लक्ष्मण थारुलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ भने प्रदेशसभातर्फ नामको टुंगो लागेको भएपनि केही छलफल गर्नुपर्ने भन्दै सार्वजनिक गरिएको छैन।

नागरिक उन्मुक्ति पार्टीले कैलालीका अतिरिक्त कञ्चनपुरमा तीन वटै निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी दिने तयारी गरेको जनाएको छ तर ती क्षेत्रमा उम्मेदवारको टुंगो लागिसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved