बालकोट बैठक सकियो, एमाले–राप्रपाको चुनावी तालमेल पक्का

नेपालभ्युज

बालकोट बैठक सकियो,  एमाले–राप्रपाको चुनावी तालमेल पक्का

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल हुने पक्का भएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भएको बालकोट वार्ताबाट चुनावी तालमेलबारे छलफल भएको हो ।

उक्त वार्तामा राप्रपाले प्राप्त गर्ने सिट संख्या र स्थान समेत टुंगो लगाउने गरी छलफल गरिएको बैठकमा सहभागी राप्रपाका एक नेताले जानकारी दिए ।

वार्तामा आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति बनेको र सिट संख्या र स्थानबारे पनि कुरा मिलिसकेको ती नेताले जानकारी दिए । ‘ओलीजीले अहिले बाहिर नभन्न भन्नुभएको छ,’ उनले भने, ‘चुनावी तालमेलबारे सहमति निश्चित भइसकेको छ ।’

शनिबार बिहानसम्म सिट सूचिसहित चुनावी तालमेल बारेको सहमति सार्वजनिक भइसक्ने ती नेताले जिकिर गरे । शुक्रबार सम्पन्न बालकोटा वार्तामा राप्रपा अध्यक्ष लिंदेनसहित  पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved