काठमाडौं। नेपाली कांग्रेसले कर्णाली प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा खस आर्यको पहिलो नम्बरमा पुरुषतर्फ झकबहादुर डाँगीको नाम सिफारिस गरिएको छ।
महिलातर्फ खस आर्यमा पहिलो सूचीमा जानकी सिंहको नाम छ भने आदिवासी जनजातिमा पुरुषमा रवीन्द्र श्रेष्ठ र महिलामा बलिमाया बुढाको नाम छ।
दलित तर्फ पहिलो नम्बरमा पुरुषमा सञ्जु सिंह विश्वकर्मा र महिलामा लक्ष्मी सुनार परेका छन्। कांग्रेसले असोज १६ मा आयोगमा बुझाइएको सूचीमा १६ जनाको नाम छ।
यस्तो छ सूची
नाम लिङ्ग समूह जिल्ला
१. झकबहादुर डाँगी पुरुष खस आर्य सुर्खेत
२. तिकल भण्डारी रुकुम पश्चिम
३. रत्न अधिकारी जाजरकोट
४. नेत्रलाल पौडेल सल्यान
५. नरविर रावत जुम्ला
६. जानकी सिंह महिला सुर्खेत
७. विजया बुढा हुम्ला
८. इन्द्रकुमारी शाही दैलेख
९. सीता वली रुकुम पश्चिम
१०. सूर्यदेवी मल्ल मुगु
११. रवीन्द्र श्रेष्ठ पुरुष आदिवासी जनजाती दैलेख
१२. वलिमाया बुढा महिला सुर्खेत
१३. सन्जुसिंह विश्वकर्मा पुरुष दलित सुर्खेत
१४. रामबहादुर टमटा पुरुष दलित हुम्ला
१५. लक्ष्मी सुनार महिला दलित सल्यान
१६. छाया सुनार महिला दलित कालिकोट
Facebook Comment
Comment